Skip to content
Prabhu

सोमबार सेयर बजारमा धेरै मूल्य घटेका शीर्ष ५ कम्पनी

काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको दिन २२७ कम्पनीको सेयर मूल्य घट्यो । २२७ कम्पनी मध्ये आज सबै भन्दा धेरै मूल्य गुडविल फाइनान्सको घटेको छ । यो कम्पनीको सेयर मूल्य अघिल्लो दिनको भन्दा ९.९१ प्रतिशतले घटेको हो ।

सोमबारको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य १०४ रुपैयाँले घटेर ९४५ रुपैयाँ पुगेको छ । त्यस्तै आज थ्रीस्टारका सेयरधनीले धेरै गुमाए । यो कम्पनीका सेयरधनीले अघिल्लो दिनको भन्दा ९.३६ प्रतिशतले गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ८७ रुपैयाँ ६० पैसाले घटेर ८४८ रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यस्तै आज नेपाल फाइनान्सको सेयर मूल्य पनि १२५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.४२ प्रतिशतले कम हो । सोमबारको कारोबार बन्द हुँदा सिर्जनशील लघुवित्तको सेयर मूल्य पनि ८.२८ प्रतिशत अर्थात् १८८ रुपैयाँले घटेर २ हजार ८२ रुपैयाँमा पुगेको छ । आज मेतेरी डेभलपमेन्ट बैंकका सेयरधनीहरुले पनि प्रतिकित्ता ४८ रुपैयाँ ९० पैसाले गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य आजको कारोबार बन्द हुँदा ६५० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७ प्रतिशतले कम हो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal