काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकले संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नआएपछि सर्वसाधारणमा सेयर बिक्री प्रक्रिया खुला गरेको हो।
बैंकले सेयर संख्या र प्रतिकित्ता न्यूनतम मूल्य भने तोकिएको छैन । सो संस्थापक सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्ने बैंकले सूचनामार्फत जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्