काठमाडौं । राष्ट्रिय स्तरका ८ विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ८४ करोडभन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ८ विकास बैंकले साउन महिनामा ८४ करोड ६० लाख खुद नाफा कमाएका हुन् ।
साउन महिनामा सर्वाधिक नाफा कमाउने विकास बैंकमा साइन रेसुङ्गा बैंकको पहिलो नम्बरमा रहेको छ । यो बैंकले साउन महिनामा २० करोड २० लाख रुपैयाँ नाफा कमाएको छ । सर्वाधिक नाफा कमाउने दोस्रो नम्बरमा मुक्तिनाथ विकास बैंक रहेको छ । यो बैंकले साउन महिनामा १६ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । साउन महिनामा गरिमा विकास बैंकको १० करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै गरिमा विकास बैंकको साउन महिनामा ९ करोड ४६ लाख रुपैयाँ कमाएको छ । कामना सेवा विकास बैंकको ८ करोड ५८ लाख, ज्योति विकास बैंकको ८ करोड ३७ लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकको ६ करोड ८१ लाख रुपैयाँ रहेको छ । लुम्बिनी विकास बैंकको नाफा मात्र घटेको छ । गत साउनमा ७ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष साउनमा ३ करोड ६१ लाख रुपैयाँ मात्र कमाएको छ ।
प्रतिक्रिया दिनुहोस्