Skip to content

प्रभु म्युचुअल फन्डका दुई योजनाको लाभांश घोषणा

nabil bank

काठमाडौं । प्रभु बैंकको प्रबर्द्धनमा सञ्चालित प्रभु म्युचुअल फन्डअन्तर्गत दुई योजनाको लाभांश घोषणा भएको छ ।

प्रभु सेलेक्ट फन्डले एकाइधनीका लागि १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । प्रभु स्मार्ट फन्डले ८.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यी दुवै बन्दमुखी योजना हुन् ।

बजारमा प्रभु सेलेक्ट फन्डको पछिल्लो मूल्य प्रतिइकाइ १० रुपैयाँ ५४ पैसा छ भने प्रभु स्मार्ट फन्डको मूल्य १० रुपैयाँ ४९ पैसा छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime