Skip to content
Prabhu

महुली लघुवित्तको ३८ हजार ९ सय सेयर बिक्रीमा

nabil

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ४ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ३८ हजार ९ सय ६५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनीहरु रामलगान मंडरको नाममा रहेको १२ हजार ९ सय ६५ कित्ता, भानुभक्त निरौलाको १५ हजार कित्ता, कविता कुमारी चौधरीको ५ हजार कित्ता, सुरत लाल चौधरीको नाममा रहेको ६ हजार कित्ता सेयर बिक्री ल्याएको हो ।

सो सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णासवरण ६ महुली सप्तरीमा आफूले खरिद गर्ने सेयर कित्ता खुलाई आवेदन पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानुनबमोजिम अन्य व्यक्ति वा संस्थालाइै बिक्री प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal