Skip to content
Prabhu

कुमारी बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहतर्फको २४ लाख २२ हजार ५४८ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।

उक्त सेयरमा बैंकका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । जसका लागि न्यूनतम १०५ रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न चाहने व्यक्तिले आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने छ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि असोज १६ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउ नुपर्ने छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal