Skip to content
Prabhu

डिसहोमको इन्टरनेटमा ‘खुसीको सेलिब्रेसन’ अफर, ३ महिना बोनस प्राप्त हुने

काठमाडौं । डिसहोमले यो वर्षको चाडमा आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकहरुका लागि ‘खुसीको सेलिब्रेसन’ नामक अफर घोषणा गरेको छ ।

डिसहोम इन्टरनेटको गुणस्तरीय सेवा प्रयोग गरी संसारभर छरिएर रहेका आफन्तसँग सम्बन्ध अझ प्रगाढ बनाउन उक्त योजना फलदायी हुने कम्पनीको विश्वास छ ।​

योजनाअन्तर्गत ग्राहकले २ सय तथा ३ सय एमबीपीएसको वार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस प्राप्त गर्ने छन् ।

यस योजनाको लाभ उठाउन ग्राहकहरूले नजिकको डिसहोम डिलर दाइ वा हट लाइन नम्बर ०१–५९७०३६५ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ । स्थापनाको छोटो अवधिमै साढे ३ लाख बढी ग्राहकलाई उत्कृष्ट इन्टरनेट सेवा दिइरहेको डिसहोमको इन्टरनेट ग्राहकहरूको प्रमुख रोजाइमा पर्ने गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal