Skip to content
Prabhu

रविको कारण अहिलेको अवस्था आयोः कुमार रम्तेल (बयानसहित)

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्षसमेत रहेका कुमार रम्तेलले रवि लामिछानेले बीचैमा धोका दिँदा अहिलेको समस्या आएको बताएका छन् । उनले संसदीय छानबिन समितिलाई दिएको बयानमा यस्तो बताएका हुन् ।

उनी ठगी मुद्दामा अहिले कारागार कार्यालय कास्कीमा छन् । उनले बयानमा भनेका छन्, ‘निज रवि लामिछाने उहाँको पार्टीको बुटवल–नारायणगढ पदयात्रामा हुँदा मैले दीपक बोहराको मोबाइलमा सम्पर्क गरी उहाँसँग कुरा गर्दा सहकारी चलाउने र ऋण लिनेमा तपाईंको कागजात र हस्ताक्षर नभए तापनि आजको स्थिति आउनमा तपाईंको भूमिका छ समेत भनेको थिएँ ।

ग्यालेक्सी टीभीमा कम्तीमा पाँच वर्ष काम गर्ने सहमति भएको र नियमित किस्ता तिरिरहेको अवस्थामा तपाईंले ८ महिनामै छोडेका कारण समस्या भयोभन्दा उहाँले यस विषयमा जीबी राईसँग कुरा भइसकेको छ भन्नुभएको थियो ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal