Skip to content
Prabhu

मोसादः इजरायली जासुस एजेन्सी, ठूलो सफलता र केही असफलता

nabil
एजेन्सी । हिजबुल्लाहका सदस्यहरूले प्रयोग गर्ने पेजर र वाकी–टकीलाई मोबाइल विस्फोटकमा परिवर्तन गर्नु ठूलो कदम थियो । ती उपकरणहरू इजरायलको सर्भिलेन्सबाट बच्न प्रयोग गरिएका थिए । तर तिनै उपकरणहरू प्रयोग गर्नेहरूको हातमा विस्फोट भए । परिणामस्वरूप, दर्जनौं मानिसको मृत्यु भयो र सयौं घाइते भए ।
लेबनान सरकारले यस आक्रमणका लागि इजरायललाई दोष लगाएको छ । लेबनानले यसलाई ‘इजरायली आपराधिक आक्रामकता’ भनेको छ, भने हिजबुल्लाहले ‘उचित बदला’ लिने कसम खाएको छ ।
यस विषयमा इजरायलले  प्रतिक्रिया दिन बाँकी छ, तर केही इजरायली मिडिया रिपोर्टहरूमा त्यहाँका सबै मन्त्रीहरूलाई यस मामिलामा कुनै पनि प्रकारको बयान दिनबाट बच्न निर्देशन दिइएको छ ।
सामान्यतया, इजरायलले हिजबुल्लाहसँग सम्बन्धित हरेक गतिविधिलाई कडा निगरानीमा राख्छ । जसले यो संकेत दिन्छ कि ताजा आक्रमण दुवै पक्षबीचको जारी संघर्षको हिस्सा हुन सक्छ । यदि इजरायल यस आक्रमणको जिम्मेवार हो भने, यो उसको सबैभन्दा चकित पार्ने र प्रभावकारी अभियानमध्ये एक हुनेछ ।
यो इजरायलसँग सम्बन्धित पुराना अभियानहरूको स्मरण गराउने घटना हुनेछ, विशेष गरी देशको स्पाई एजेन्सी मोसादसँग सम्बन्धित सफलताहरूको स्मरण गराउने घटना ।
मोसादका सफलताहरू
एडोल्फ आइश्मानको अपहरण 
मोसादको सफलताहरूमा सबैभन्दा चर्चित घटनाहरूमा सन् १९६० मा नाजी अफिसर एडोल्फ आइश्मानलाई अर्जेन्टिनाबाट अपहरण गर्नु पनि हो । आइश्मानमाथि दोस्रो विश्वयुद्धको समयमा यहूदीहरूको उत्पीडन र हत्याको आरोप थियो । नाजी जर्मनीले लगभग ६० लाख यहूदीहरूलाई मारेको थियो, र आइश्मानलाई यसका योजनाकार मानिन्छ । युद्धपछि आइश्मान अर्जेन्टिनामा बस्दै आएका थिए, तर मोसादका १४ एजेन्टहरूले उनलाई पत्ता लगाएर अपहरण गरे र इजरायलमा ल्याए। इजरायलमा आइश्मानमाथि मुद्दा चलाएर मृत्युदण्ड दिइयो।
एन्तेबे अपरेशन
यो अभियान इजरायलका सबैभन्दा सफल सैन्य अपरेसनहरूमध्ये एक हो, जसमा मोसादले मुख्य गुप्त जानकारीहरू उपलब्ध गराएको थियो । पपुलर फ्रन्ट फर द लिबरेशन अफ प्यालेस्टाइनका सदस्यहरूले अपहरण गरेको विमानबाट १०० भन्दा बढी बन्धकलाई युगाण्डामा छुटाउन इजरायली कमान्डो फोर्सले सफलतापूर्वक अपरेसन गरेको थियो । यस अभियानमा इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहूका दाइ योनातन नेतान्याहू पनि मारिएका थिए ।
अपरेशन ब्रदर्स
सन् १९८० को दशकमा मोसादले सात हजारभन्दा बढी इथियोपियाली यहूदीहरूलाई गुप्त रूपमा सुडानको बाटो हुँदै इजरायल पु¥याएको थियो। यस अभियानमा, मोसादले सुडानको लाल समुद्रको किनारमा नक्कली डाइविङ रिसोर्ट खोलेर यो काम गरेको थियो। पाँच वर्षको गुप्त अभियानपछि, मोसादका एजेन्टहरूले सफलतापूर्वक यो अपरेसन सम्पन्न गरेका थिए।
 म्यूनिख अपहरणको बदला
मोसादको अर्को चर्चित घटना सन् १९७२ को म्यूनिख ओलम्पिकमा भएको यहूदी खेलाडीहरूको अपहरण र हत्याको बदला लिनु थियो। ब्ल्याक सेप्टेम्बर नामक चरमपन्थी समूहले इजरायली खेलाडीहरूको हत्या गरेको थियो। मोसादले यसको बदला लिँदै प्यालेस्टाइन लिबरेशन अर्गनाइजेसन (एीइ) का धेरै सदस्यहरूलाई निशाना बनायो, जसमा महमूद हम्शारी पनि थिए। हम्शारीको पेरिसको घरमा बम राखेर हत्या गरिएको थियो।
याह्या अय्याशको हत्या
सन् १९९६ मा, हमासका मुख्य बम निर्मातामा गनिएका याह्या अय्याशको मोबाइल फोनमा ५० ग्राम विस्फोटक राखेर हत्या गरिएको थियो। अय्याशलाई हमासका सैन्य हमलाहरूका योजनाकार मानिन्थ्यो। यो हमला इजरायली सुरक्षा एजेन्सीहरूको अत्यन्तै गुप्त अभियानमध्ये एक थियो।
महमूद अल–मबहूहको हत्या
सन् २०१० मा, हमासका वरिष्ठ सैन्य नेता महमूद अल–मबहूहको दुबईको होटलमा हत्या गरियो। प्रारम्भमा यो प्राकृतिक मृत्युको संका गरिएको थियो, तर पछि दुबई प्रहरीले यो हत्या रहेको पुष्टि ग¥यो। यस घटनामा मोसादको संलग्नतामा शंका गरियो, जसले संयुक्त अरब एमिरेट्ससँगको कूटनीतिक तनाव बढाएको थियो।
मोसादको असफलताहरू
मोसादले धेरै सफलताहरू हासिल गरे पनि, उसको केही असफलता पनि रहेका छन्। सन् १९९७ मा हमासका नेता खालिद मिशाललाई जॉर्डनमा विष दिन खोज्दा मोसादको प्रयास असफल भएको थियो। यसले इजरायल र जॉर्डनबीचको सम्बन्धमा गहिरो खाडल सृजना गरेको थियो । त्यस्तै, सन् २००३ मा हमासका नेता महमूद अल–जÞहारलाई मार्ने प्रयास असफल भयो।
 ७ अक्टोबर २०२३ का हमला
७ अक्टोबर २०२३ मा गाजा सीमा नजिकै हमासले इजरायलमा हमला ग¥यो, जसमा १२०० भन्दा बढी मानिसको मृत्यु भयो र २५१ जनालाई अपहरण गरियो। यो हमला अप्रत्याशित थियो र यसले मोसादको पूर्व जानकारी जुटाउने क्षमतामा ठूलो कमजोरी रहेको संकेत दियो। इजरायलले त्यसपछि गाजा क्षेत्रमा भारी आक्रमण ग¥यो, जसमा अहिलेसम्म ४० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal