Skip to content

सिन्धु विकास बैंकको सीईओका लागि पुनः दरखास्त आह्वान

nabil
global ime

काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि पुनः दरखास्त आह्वान गरिएको छ । बैंकले दोस्रो पटक आज एक सूचना प्रकाशित गर्दैै सीईओका लागि आवेदन माग गरेको हो ।

इच्छुक योग्य व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदनका साथमा उम्मेदवारको पूर्ण बायोडाटा, शैक्षिक प्रमाणपत्र, लब्धाङ्कपत्रको प्रतिलिपि तथा अपराधिक पृष्ठभूमि नदेखिएको प्रहरी प्रतिवेदनसमेत समावेश गर्नुपर्ने बैंकले जनाएको छ ।

शैक्षिक योग्यतामा व्यवस्थापन, बैंकिङ, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने छ, वा चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दश वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ ।

वाणिज्य बैंकको सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तिमा ३ वर्ष काम वा राष्ट्रियस्तरको विकास बैंकमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तीमा ५ वर्ष वा जिल्ला तथा प्रदेश स्तरको विकास बैंक वा वित्त कम्पनीमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तीमा ७ वर्ष काम गरेको हुनुपर्ने विज्ञापनमा उल्लेख छ । उमेर हद ४५ वर्ष पूरा गरी ६५ वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T