Skip to content

साउन महिनासम्म सेयरधितो कर्जा प्रवाह १ अर्ब बढी, कुन बैंकको कति ?

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको सेयर धितो कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा बैंकहरुले १ अर्ब ३४ करोड ८३ करोड ७० हजार रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा संस्थागत कर्जाको सीमा खारेज गरिएको थियो । मौद्रिक नीतिमा व्यक्तिगत सेयरधितोको सीमा कायम नै राखिए पनि संस्थागतको सिमालाई खारेज गरिएको थियो । अहिले संस्थागत लगानीकर्ताले सेयर धितोकर्जा लिनका लागि कुनै सीमा छैन भने व्यक्तिगत सेयरधितो कर्जाको सिमा १५ करोड रुपैयाँ रहेको छ ।

पछिल्लो समय बैंकको ब्याजदर समेत सस्तिँदै गएपछि सेयर धितो राखी ऋण लिएर सेयर खरिदबिक्री गर्ने लगानीकर्ता बढेको हुन् । हालसम्म बैंकहरुले सेयर बजारमा कुल ७१ अर्ब ६९ करोड ३० लाख रुपैयाँ लगानी गरेका छन् ।

साउनमा सबैभन्दा धेरै सेयर कर्जा कुमारी बैंकले प्रवाह गरेको छ । सो महिनामा बैंकले ९० करोड १५ लाख रुपैयाँको सेयर कर्जा प्रवाह गरेको छ । साउनमा सर्वाधिक सेयर धितो कर्जा दिने दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आइएमई बैंकबाट लगानीकर्ताले सेयर धितोमा राखेर ६० करोड ६८ लाख रुपैयाँ कर्जा लिएका छन् ।

त्यस्तै साउन महिनामा प्राइम कमर्सियलले ४८ करोड ४० लाख, लक्ष्मी सनराइजले ४७ करोड ५९ लाख, नेपाल इनभेष्टमेन्ट मेगा बैंकले ३३ करोड ८१ लाख, एनएमबिले २४ करोड ९१ लाख र नेपाल एसबिआईले २२ करोड ७८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् । यो अवधिमा नेपाल बैंकले १४ करोड ६० लाख, सिद्धार्थ बैंकले ११ करोड ६० लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ४ करोड ४१ लाख र सिटिजन्सले ३ करोड ४० लाख रुपैयाँ सेयरधितो लगानी गरेका हुन्।

साउन महिनामा ८ वटा बैंकको सेयर धितोकर्जा भने घटेको छ । साउनमा कृषि विकास बैंक, हिमालयन, सानिमा, एभरेष्ट, राष्ट्रिय वाणिज्य बैंक, प्रभु, एनआइसी एसिया र नबिल बैंकको सेयरधितो कर्जा घटेको छ । यो अवधिमा नबिल बैंकको ७० करोड ९६ लाख, एनआइसी एशिया बैंकले ४७ करोड ६९ लाख, प्रभुले ३० करोड ८३ लाख, राष्ट्रिय वाणिज्य बैंकले २९ करोड ३७ लाख, एभरेष्टले २३ करोड ७६ लाख र सानिमाले १३ करोड ६० लाख रुपैयाँले यस्तो कर्जा घटेको छ ।

यता, हिमालयन बैंकको ९ करोड २२ लाख, कृषि विकासले २ करोड १४ लाख रुपैयाँ सेयर कर्जा घटेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi