Skip to content
Prabhu

चर्चित युट्युबर मिस्टर विस्टविरुद्ध उजुरी, प्रतियोगीलाई खाना र स्वास्थ्य सेवा नदिएको आरोप

nabil
एजेन्सी । आधा अर्बभन्दा प्रसंशक, करोडौँ डलरको सम्पत्ति र विश्वव्यापी बिजनेस साम्राज्य । युट्युवको सबैभन्दा ठूलो इन्फ्ल्यन्सर युट्युवर जिमी डोनाल्डसन, अका मिस्टर बिस्टलाई तल झार्नका  लागि ठूलो संघर्ष गर्नुपर्नेछ ।
तर ५४ पृष्ठ लामो अदालती कागजपत्र भने उनका लागि ठूलो चुनौती बनेर उभिएको छ । पाँच महिला प्रतिस्पर्धीहरुले प्राइम भिडियो सोमा आउन लागेको मिस्टर विस्टको नयाँ गेम शोविरुद्ध लगाएको आरोपका कारण भने उत्पादक कम्पनी मिस्टरबी२२०२४ र अमेजनलाई भने समस्या पार्न सक्छ ।
यो शो अहिलेसम्मकै सबैभन्दा ठूलो रियालिटी प्रतिस्पर्धी सिरिजका रुपमा रहनेछ । जहाँ एक हजार प्रतियोगीहरुले पाँच मिलियन डलर पुरस्कारका लागि प्रतिस्पर्धा गनेएृछ । तर कानूनी मुद्दाले भने यस शोलाई गम्भीर संकटमा पुर्याएको छ ।
अदालतका केही सम्पादित पत्रमा भने उनीहरु सामुहिकरुपमा पीडित भएको उल्लेख छ । उनीहरुले उक्त शोमा महिलाविरोधी र लिंगविभेदको संस्कृतिलाई बढावा दिइएको समेत आरोप लगाएका छन् ।
उक्त मुद्दा दर्तापछि मिस्ट मिस्टरको इन्टरनेटको असल केटोको छवि धुमिल्याएको छ । ती कागजपत्रहरुमा प्रतियोगीहरुलाई कम खाना कुवाइएको, थकित बनाइएको उल्लेख छ । साथै प्रतियोगीहरुको स्वास्थ्य र हितविपरीत  काम गरी उनीहरुलाई जोखिममा पारेको समेत दाबी गरिएको छ ।
गत अगष्टमा द न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार प्रतियोगीहरुमध्ये धेरैलाई कार्यक्रमका अवधिमा अस्पतालमा भर्ना समेत गनुपरेको थियो । तत्कालीन समयमा प्रतियोगीहरुले आफूहरुलाई २० घण्टासम्म खाना खान नदिइएको समेत बताएका थिए ।  साथै उनीहरुले समयमै स्वास्थ्योपचार समेत नपाएको दाबी गरेका थिए ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal