Skip to content
Prabhu

ऋण नतिरेपछि सम्पत्ति लिलामी गर्दै प्राइम बैंक

nabil

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो बगर, धरान, र विर्तामोड शाखाका ऋणीहरूको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने सम्बन्धमा ७ दिने सार्वजनिक सूचना जारी गरेको छ । बैंकले आफ्नो विभिन्न शाखाबाट लिएका ऋणहरू समयमा तिर्न असफल भएका ऋणीहरूलाई यसअघि ३५ दिने र १५ दिने सार्वजनिक सूचनासहित धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्ने चेतावनी दिइसकेको थियो ।

बैंकका अनुसार ऋणीहरूलाई पटक–पटक मौखिक तथा लिखित चेतावनी दिए पनि साँवा, ब्याज, हर्जाना ब्याज, र किस्ताहरू तिर्न बेवास्ता गरेका छन् । बैंकले कर्जा असुलीका लागि अब धितोमा रहेको सम्पत्ति शिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गर्न लागेको हो । यो लिलाम प्रक्रिया मार्फत ऋणीहरूको सम्पत्तिमा जे जस्तो अवस्था रहेको छ, त्यसै अवस्थामा लिलाम गरिने छ, र बैंकको सम्पूर्ण बक्यौता रकम असुल उपर गरिनेछ ।

यदि लिलाम बिक्री सफल नभएमा वा लिलामबाट आवश्यक रकम असुल गर्न नसकेमा, बैंकले कानूनी प्रक्रियाद्वारा ऋणी र व्यक्तिगत जमानतकर्ताहरूको अन्य सम्पत्ति र घरजग्गाबाट बक्यौता असुल गर्ने प्रक्रिया अघि बढाउने बताएको छ । साथै, सम्पूर्ण ऋणीहरूलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्न सम्बन्धित निकायमा जानकारी पठाउने पनि सूचनामा उल्लेख गरिएको छ ।

बैंकले ऋणीहरूलाई ७ दिनभित्र सम्पर्क गरी समाधानका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ, अन्यथा धितोमा रहेको सम्पत्तिको लिलाम प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal