Skip to content

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको अध्यक्षमा शर्मा

nabil bank

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको २९औँ वार्षिक साधारणसभाले आज वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट मदनकृष्ण शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरेको छ ।

सभाले कार्यसमिति सदस्यमा सुनिता गुरुङ्ग, लीलाप्रसाद सापकोटा, सुरेन्द्रवीर मालाकार, सरोजप्रसाद पाण्डे, महेन्द्रनारायण श्रेष्ठ, राजेशकुमार जोेशी, सीता भट्टलाई निर्विरोध निर्वाचित गरेको कार्यकारी निर्देशक आशीष थापाले जानकारी दिए।

नवनिर्वाचित अध्यक्ष शर्मा लामो समयदेखि लेखापरीक्षण पेशामा संग्लग्न रहँदै आएका छन् । उनी संस्थाको महासचिव र कार्यसमितिको सदस्यका रुपमा विगत चार वर्षदेखि क्रियाशील रहेका थिए। नौ सदस्यीय कार्यसमितिका उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको मनोनयन अध्यक्षद्वारा गरिने व्यवस्था संस्थाको विधानमा छ ।

सभाले संस्थाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ । संस्थाको वार्षिक प्रतिवेदनमा देशमा सदाचार प्रणालीमा सुधार हुन नसकेको उल्लेख गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi