काठमाडौं । विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले अस्पताल भर्ना गरेको छ । स्वास्थ्य परीक्षण गराउन लैजाँदा रक्तचाप सम्बन्धी समस्या देखिएपछि उनलाई वीर अस्पताल भर्ना गरिएको हो ।
भक्तपुरस्थित घरबाट आइतबार पक्राउ परेलगत्तै प्रहरीले प्रसाईंलाई अदालत हाजिर गराएको थियो । त्यसक्रममा अदालतले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
त्यसपछि वीर अस्पतालमा स्वास्थ्य जाँच गराउने क्रममा चिकित्सकहरुले उनलाई रक्तचाप, मुटु सम्बन्धी समस्या देखिएकाले थप जाँच गराउनुपर्ने बताएको ब्यूरोले जनाएको छ । प्रसाईंविरुद्ध एक जना महिलाको चरित्र हत्या हुने गरी अभिव्यक्ति दिएको आरोप लगाएकी छन् ।
प्रतिक्रिया दिनुहोस्