काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सामाजिक सञ्जालमा प्रसारित विश्लेषक तथा विज्ञका नाममा आउने बजार विश्लेषणलाई मात्र आधार बनाएर सेयर बजारमा लगानी नगर्न आग्रह गरेको छ ।
नेप्सेले हालसम्म नेपालमा कुनै पनि निकायले बजार विश्लेषकको रूपमा कसैलाई दर्ता गर्ने वा मान्यता प्रदान नगरेको भन्दै बुझेर मात्रै लगानी गर्न आग्रह गरेको हो ।
नेप्सेले फेसबुक, ट्विटर, क्लब हाउसजस्ता सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यमहरूमा आउने विश्लेषणलाई सत्यताको आधारमा परीक्षण नगरिकन लगानी गर्दा जोखिम उत्पन्न हुन सक्ने चेतावनी दिएको छ ।
नेप्सेले वास्तविक सूचना र तथ्यमा आधारित भएर मात्र लगानीसम्बन्धी निर्णय लिन सबै लगानीकर्ताहरूलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्