Skip to content
Prabhu

सिस्नेरी–दक्षिणकाली सडकखण्ड आजदेखि असोज १९ सम्म बन्द

nabil

मकवानपुर । सिस्नेरी–दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिन यातायात सञ्चालनमा रोक लगाइएको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको सिस्नेरी–दक्षिणकाली खण्डअन्तर्गत पर्ने दक्षिणकाली–छैमले खण्ड कालोपत्रे गर्ने भएकाले यही असोज १९ गतेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उक्त सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग कुलेखानी–फाखेल–मातातीर्थ सडकखण्ड, कान्तिलोकपथ सडकखण्ड, त्रिभुवन राजपथ, नारायणगढ–मुग्लिन सडकखण्डबाट सञ्चालन गर्न उहाँले अनुरोध गरे ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal