काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ । लघुवित्तले असाज २९ गते, मंगलबार, होटल कान्जिरोवा, धनकुटा नगरपालिका–१, हिले धनकुटामा नवौं वार्षिक साधारणसभा बोलाएको हो ।
सभाले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ । त्यस्तै, सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्ज अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने छ ।
साधारणसभा प्रयोजनार्थ लघुवित्तले असोज १६ गते बुकक्लोज गर्ने भएको छ । यसअनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्