काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा दिपेव बाबु तिवारी नियुक्त भएका छन् । इन्स्योरेन्सको असोज ७ गते बसेको सञ्चालक समितिले तिवारीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हालका कम्पनी सचिन वनरायण हरि अधिकारीले कात्तिक १ गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए । बैठकले उनको राजीनामा स्वीकृत गरेर तिवारीलाई कात्तिक १ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । तिवारी अहिले कम्पनीका वरिष्ठ सहायक महाप्रवन्धक रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्