Skip to content

आइटी कम्पनी ‘अल्ट्रा बाइट’ आजबाट ११औं वर्षमा प्रवेश

nabil bank

काठमाडौं । आइटी क्षेत्रमा छुट्टै पहिचान बनउन सफल कम्पनी अल्ट्राबाइट इन्टरनेसनल प्रालि सोमबारबाट ११औं वर्षमा प्रवेश गरेको छ । सन २०१४ वाट यात्रा सुरु गरेको कम्पनीले ११ वर्षको सफल व्यावसायिक यात्रा पूरा गरेको हो ।

‘सिम्पल इनोभेटिभ डेभलपमेन्ट’ भन्ने नाराका साथ अघि बढेको कम्पनीले एसईओ, वेभ डिजाइन तथा डेभलेपमेन्ट, डिजिटल मार्केटिङ, रेपुटेसन म्यानेजमेन्ट, स्टाफ अग्मेन्टेसन, बिजनेस प्रोसेस अटोमेसन, सोसल म्यानेजमेन्ट आदीमा रहेर क्रिएटिम सेवा दिँदै आएको छ ।

एजुकेसन डाइट डटकम (educationdiet.com), पेज अटर डटकम ‘pageutter.com’,र अल्फाअक्टो डटकम (alphaocto.com) मार्फत आफ्नो सेवा विस्तार गरेको कम्पनीले विभिन्न प्रविधियुक्त सेवाका साथमा अल्फाअक्टो मार्फत विभिन्न कम्पनीहरूको व्यापार व्यावस्थापनमा काम गर्दै आएको छ । प्राविधिको क्षेत्रमा मात्र नरहेर शिक्षा सेवामूलक काममा पनि अल्ट्राबाइट कम्पनी अघि बढिरहेको कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अमर भट्टराईले बताए ।

सन् २०१४ मा १ जना कर्मचारीबाट सुरु भएको कम्पनीमा हाल करिब ३ दर्जन कर्मचारीहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । नेपालका ५ सय बढी व्यावसायीक संस्थाहरुको वेबसाइट, सफ्टवेयर तथा एपहरु निर्माण तथा त्यसको सेवामा अनवरत लागि रहेको यो कम्पनीले विशेष गरेर शैक्षिक परार्मश दाता, ट्राभल एण्ड ट्रेकिङ कम्पनी, हाईड्रो पावर कम्पनी, सहकारी संस्था, मिडिया कम्पनीहरुमा उत्कृष्ट पहुँचका साथ काम गर्दै आएको छ ।

आगामी दिनहरुमा सूचना तथा प्रविधिको क्षेत्रमा आएको नयाँ आयामलाई आत्मासाथ गर्दै अघि बढ्ने योजना रहेको पनि कम्पनीका प्रमुख कार्यकारी अधिकृत भट्टराई बताउँछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime