काठमाडौं । रिभर फल्स पावर लिमिटेडको सञ्चालकमा अमर गुरुङ नियुक्त भएका छन् । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका सञ्चालक दिनेश गुरुङले दिएको राजीनामा स्वीकृत गर्दै अमर गुरुङलाई नयाँ सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
सञ्चालक दिनेश गुरुङले असोज ४ गते आफ्नो पदबाट राजीनामा दिएका थिए । अमर गुरुङलाई आगामी साधारण सभा सम्मका लागि सञ्चालकमा नियुक्त गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्