Skip to content
Prabhu

नेपालको अनौपचारिक अर्थतन्त्रको आकार ४१ प्रतिशत

काठमाडौँ । एक अध्ययनले नेपालको अनौपचारिक अर्थतन्त्रको आकार ४१ प्रतिशत रहेको देखाएको छ , त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले गरेको एक अध्ययनमा ५३ खर्ब ८१ अर्बको अर्थतन्त्र भएको मुलुकमा करिब २२ खर्ब अनौपचारिक क्षेत्रमा रहेको देखिएको हो । 

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकाको अनौपचारिक अर्थतन्त्रको आकार ७.३ प्रतिशत छ भने दोस्रो ठुलो अर्थतन्त्र भएको चीनको १२.७ प्रतिशत छ । तर नेपालको अनौपचारिक अर्थतन्त्रको आकार औसत करिब ४० देखि ४२ प्रतिशत छ ।  यसले नेपालको अर्थतन्त्र व्यवस्थित छैन भन्ने देखाउँछ ।

 अनौपचारिक अर्थतन्त्र सबैका लागि चिन्ताको विषय बनेको अध्ययनले दर्साउँछ । अनौपचारिक अर्थतन्त्र भनेको आर्थिक अध्ययनका क्रममा छाया, भूमिगत, कालो, लुकेको, समानान्तर, रिपोर्ट नगरिएको वा रेकर्ड नगरिएको अर्थतन्त्र हो । 

बिहीबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा अर्थतन्त्र पछिल्लो एक दशकमा औसत आकार ४२.६६ प्रतिशत छ । अनौपचारिक अर्थतन्त्र वैद्य वा अवैद्य दुवै नभए पनि मुलुकका लागि राम्रो नहुने सो अवसरमा बताइयो । अनौपचारिक अर्थतन्त्र हुनुको अर्थ सरकारी तथ्यांकमा नहुनु भएको विश्वविद्यालयका अर्थशास्त्र विभागका प्रमुख शिवराज अधिकारीले बताए । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal