Skip to content
Prabhu

एनएमबी बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा १० प्रतिशत क्यास ब्याक

nabil

काठमाडौं । एनएमबी बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा विशेष छुट दिने भएको छ । बैंकले बुद्ध भिसा डेबिट कार्डहोल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाइट टिकट काट्दा १० प्रतिशत क्यास ब्याक, अधिकतम ५०० सम्म दिने घोषणा गरेको हो ।

चाडपर्वको समयमा, बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस भन्ने सहकार्यका लागि सो अफर घोषणा गरेको बैंकले जानकारी दिएको छ ।

यो अफर छठ सम्मका लागि लागू हुनेछ, जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्दछ । थप जानकारीका लागि बैंकको कल सेन्टर ०१५९७०१७० वा नजिकैको शाखामा सम्पर्क गर्न आग्रह गरेको छ ।

एनएमबि बैंकले हाल देशभरी २ सय १ शाखा, १ सय ८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal