Skip to content
Prabhu

निर्जीवन बीमा कम्पनीः साउनमा भन्दा भदौमा व्यवसाय घट्यो, ३ अर्ब बढी बीमा शुल्क संकलन, कुनको कति ?

nabil

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले भदौ महिनामा ३ अर्ब रुपैयाँभन्दा बढीको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार भदौ महिनामा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघुबीमाले ३ अर्ब ५४ करोड ५३ लाख ९५ हजार रुपैयाँको व्यवसाय गरेका हुन् ।

चालु आर्थिक वर्षको दोस्रो महिना भदौमा २ लाख २९ हजार २०० वटा बीमालेख जारी गरेर कम्पनीहरुले सो बराबरको व्यवसाग गरेका हुन् । १४ निर्जीवन बीमा कम्पनीले मात्रै भदौ महिनामा ३ अर्ब ४८ करोड ६६ लाख ८८ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो अवधिमा १४ कम्पनीले २ लाख ६ हजार ९९७ वटा बीमालेख जारी गरेका छन् । त्यस्तै यो अवधिमा लघु निर्जीवन बीमा कम्पनीहरुले ५ करोड ८८ लाख बराबरको २२ हजार २०३ वटा बीमालेख बिक्री गरेका छन्।

भदौ महिनामा सबैभन्दा धेरै व्यवसाय सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गरेको छ । यो कम्पनीले एक महिनाको अवधिमा २० हजार ८५३ वटा बीमालेख मार्फत ३८ करोड ५ लाख ८१ हजार रुपैयाँको व्यवसाय गरेको छ । धेरै व्यवसाय गर्ने कम्पनीको दोस्रो नम्बरमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भदौ महिनामा २३ हजार ९५ वटा बीमालेख बिक्री गरेर ३६ करोड ४८ हजार रुपैयाँको व्यवसाय गरेको छ । त्यस्तै भदौ महिनामा धेरै व्यवसाय गर्नेको तेस्रो नम्बरमा शिखर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले भदौ महिनामा ३५ करोड ४६ लाख ३८ हजार रुपैयाँको व्यवसाय गरेको छ । यो कम्पनीले भदौ महिनामा २३ हजार ४६४ वटा बीमालेख जारी गरेको छ ।

भदौ महिनामा नेपाल इन्स्योरेन्स कम्पनीले १२ हजार ८०९ वटा बीमालेख जारी गरेर १४ करोड ८५ लाख, दि ओरियन्टल इन्स्योरेन्सले ३ हजार ३०२ वटा बीमालेखमार्फत १५ करोड २० लाख, राष्ट्रिय बीमा कम्पनीले १७ हजार ५४४ वटा बीमालेख बिक्रीबाट २९ करोड ७ लाख र नेसनल इन्स्योरेन्स कम्पनीले २ हजार ४३० बीमालेख मार्फत १४ करोड ४९ लाख रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका छन् ।

त्यस्तै भदौ महिनामा नेको इन्स्योरेन्सले २२ हजार ६४० बीमालेख जारी गरेर २७ करोड १ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ९ हजार ८२२ बीमालेखमार्फत १८ करोड ८७ लाख, एनएलजी इन्स्योरेन्स कम्पनीले १५ हजार ११० वटा बीमालेख जारी गरेर २३ करोड १८ लाख र हिमालयन एभरेष्ट इन्स्योरेन्सले १७ हजार २८० बीमालेख जारी गरेर २७ करोड ६३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

भदौ महिनामा सानिमा जिआइसी इन्स्योरेन्सले ९ हजार ४९३ बीमालेख जारी गरेर २१ करोड ३१ लाख रुपैयाँको बीमा व्यवसाय गरेको छ । त्यस्तै आईजिआई प्रूडेन्सियल इन्स्योरेन्सले भदौ महिनामा १५ हजार ५६१ वटा बीमालेख जारी गरेर २७ करोड ३९ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले १३ हजार ५९४ बीमालेख जारी गरेर २ करोड ९ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गर्न सफल भएको छ ।

लघुबीमातर्फ नेपाल माइक्रो अग्रस्थानमा

भदौ महिनामा धेरै बीमा व्यवसाय गर्ने लघुबीमा कम्पनीमध्ये नेपाल माइक्रो इन्स्योरेन्स अग्र स्थानमा रहेको छ । यो कम्पनीले भदौ महिनामा १ करोड ७३ लाख रपैयाँ बीमा शुल्क संकलन गरेको छ । भदौ महिनामा यो कम्पनीले ६ हजार ४०३ वटा बीमालेख जारी गरेको छ । चार वटा लघु बीमा कम्पनीले ५ करोड ८७ लाखको व्यवसाय गरेको भदौ महिनामा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १ करोड ४४ लाख रुपैयाँको व्यवसाग गरेको छ । यो कम्पनीले भदौ महिनामा ४ हजार ७९१ वटा बीमालेख जारी गरेको छ ।

भदौ महिनामा ट्रष्ट माइक्रो इन्स्योरेन्सले पनि ४ हजार ९४४ बीमालेख जारी गरेर १ करोड ३५ लाख रुपैयाँको व्यवसाय गरेको छ । भदौ महिनामा सबैभन्दा कम बीमा व्यवसाय गर्ने लघुबीमा कम्पनीमा स्टार माइक्रो इन्स्योरेन्स रहेको छ । यो कम्पनीले ६ हजार ६५ बीमालेख जारी गरेर १ करोड ३४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

साउन महिनामा ४ लघ बीमा कम्पनीसहित ठूला १४ कम्पनीले ४ अर्ब ३१ करोड १६ लाख ७३ हजार रुपैैयाँको व्यवसाय गर्न सफल भएका हुन् । भदौ महिनामा साउनको तुलनामा बीमा कम्पनीको व्यवसायमा सामान्य गिरावट आएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal