काठमाडौं । सानिमा बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न सीजी डिजिटल प्राइभेट कम्पनीमा विशेष छुटको व्यवस्था गरेको छ ।
बैंकले सीजीका सामान खरिद गरी डिजिटल भुक्तानी गर्ने ग्राहकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो ।
साथै, सानिमा क्रेडिट कार्डमार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दीमा परिणत गर्दा १ हजार बराबरको क्यास ब्याकको व्यवस्था पनि गरेको छ । क्यास ब्याक न्यूनतम ३० हजारको कारोबारमा प्रदान गरिने बैंकले जनाएको छ ।
छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital- banking/offers मा उपलब्ध छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्