Skip to content

सूर्योदय वोमी लघुवित्तले वितरण गरेको बोनसमा कर तिर्नुपर्ने

nabil bank

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीहरूलाई वितरण गरेको बोनस सेयरमा लाग्ने कर सेयरधनीले नै तिर्नुपर्ने जानकारी गराएको छ। लघुवित्तले २०७९/८० आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो, जसमा लाग्ने करसम्बन्धी जानकारी सार्वजनिक गरेको हो ।

लघुवित्तको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा कुमारी बैंकको शाखा कार्यालयमा गएर करबापतको रकम बुझाउनु पर्नेछ । बुक क्लोजको समयमा सेयर रोक्का रहेका सेयरधनीहरूको बोनस सेयर फुकुवापत्र प्राप्त भएपश्चात मात्र बोनस सेयर खातामा पठाईने लघुवित्तले जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime