Skip to content

हिमालयन लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक

nabil bank

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को बीमांकीय मूल्यांकनको आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको छ । बीमा प्राधिकरणले असोज ७ गते स्वीकृत गरेको प्रतिवेदनअनुसार कम्पनीले विभिन्न बीमा योजनाहरूको बोनसदर सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको दरअनुसार कम्पनीले अधिकतम ८६ रुपैयाँसम्मको बोनस दर निर्धारण गरेको छ । सावधिक बीमालेख योजनामा अवधिअनुसार फरक–फरक बोनस दर निर्धारण गरिएको छ । ० देखि ९ वर्ष अवधिका लागि प्रतिहजार २७ रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ३७ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ४३ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि ६४ रुपैयाँ बोनस दर तोकिएको छ ।

यस्तै, सावधिक र आजीवन बीमा योजनामा ० देखि ९ वर्षसम्मका लागि प्रतिहजार ३६ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५७ रुपैयाँ, र २५ वर्षभन्दा माथि अवधिका लागि ७५ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ ।

अग्रिम भुक्तानी सर्वाधिक योजनामा पनि आकर्षक बोनस दर तय गरिएको छ । १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ५६ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ६४ रुपैयाँ, २० देखि २४ वर्षका लागि ७१ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ८६ रुपैयाँसम्मको बोनस दर लागू हुनेछ ।

जीवन उपहार योजना अन्तर्गत, अग्रिम भुक्तानी योजनामा १६ वर्ष अवधिका लागि ४८ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ भने सावधिक योजनामा १५ वर्ष अवधिका लागि ३२ रुपैयाँ बोनस दर तोकिएको छ ।

सुरक्षित भविष्य जीवन बीमा योजना, ३० वर्षे जीवन रक्षक योजना, र कर्पोरेट जीवन बीमा योजना लगायत अन्य बीमा योजनाहरूमा पनि समयावधिका आधारमा फरक–फरक बोनस दर लागू गरिएको छ । उदाहरणका लागि, सुरक्षित भविष्य जीवन बीमा योजनामा ० देखि १४ वर्षसम्मका लागि प्रतिहजार १८ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि २३ रुपैयाँ, र २५ वर्षभन्दा माथिका लागि ७० रुपैयाँ बोनस दर निर्धारण गरिएको छ ।

सर्वाधिक र बालबच्चा सावधिक जीवन बीमा योजनामा ० देखि ९ वर्षसम्मका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि ३६ रुपैयाँ, र २५ वर्षभन्दा माथिका लागि ७५ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ ।

हिमालयन लाइफले जीवन आधार, जीवन सम्पन्न, जीवन उत्थान र जीवन आवरण बीमा योजनामा पनि बोनस दर घोषणा गरेको छ। यी योजनाहरूमा सबै अवधिका लागि क्रमशः प्रतिहजार ५० रुपैयाँ, ५३ रुपैयाँ, ४० रुपैयाँ र ४३ रुपैयाँको बोनस दर कायम गरिएको छ । हिमालयन लाइफ इन्स्योरेन्सले घोषणा गरेको बोनस दर बीमितहरूको लागि विशेष लाभदायी हुनेछ ।

मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी, समर्पण मूल्य, चुक्ता मूल्य, तथा चालु बीमालेखहरूमा पनि यो बोनस दर लागू हुनेछ। कम्पनीले आगामी बीमांकीय मूल्यांकन नभएसम्म यो दर निरन्तर लागू रहने जनाएको छाया बोनस दरको घोषणा सँगै, बिमितहरूले कम्पनीको सेवा मार्फत थप फाइदा पाउने अपेक्षा गरिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime