Skip to content
Prabhu

दराज नेपालको दसैं धमाका घोषणाः ७० प्रतिशतसम्म छुट, निःशुल्क होम डेलिभरी

काठमाडौं। अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले चाडपर्व मौसम लक्षित दसैं धमाका क्याम्पेन घोषणा गरेको छ। अफरअन्तर्गत ७० प्रतिशतसम्मको फ्ल्यास सेल छुट, निःशुल्क होम डेलिभरी र पूर्वभुक्तानीमा २ हजारसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन्।

असोज ११ देखि कात्तिक १ सम्म चल्ने अफरमा सहभागी एक जना भाग्यशाली खरिदकर्ताले वानप्लस नर्ड सीईथ्री फाइभजी जित्न सक्ने कम्पनीले जनाएको छ। अन्य तीन जनाले सेटाफिलका तर्फबाट १० हजार बराबरको आकर्षक गिफ्ट ह्याम्पर जित्ने मौका पाउने कम्पनीको भनाइ छ।

global
अर्घाखाँची सिमेन्ट

क्याम्पेन अवधिभर उपभोक्ताले आइविबी, एंकर, एक्वालोजिका, सेताफिल, सिलेन्स्टा, डोभ, सर्फ एक्सेललगायत सह–प्रायोजकका तर्फबाट उपलब्ध अविश्वसनीय डिलको मजा लिन सक्ने दाबी कम्पनीको छ।

क्याम्पेन अवधिभर डेबिट कार्डमार्फत अर्डर अग्रिम भुक्तानी गर्ने ग्राहकले १ हजार ५ सयसम्म १५ प्रतिशत छुट, क्रेडिट कार्ड प्रयोग गनेहरूले २ हजारसम्म २० प्रतिशतसम्मको छुटबाट लाभ उठाउन सक्नेछन्।

यो अफर नबिल, हिमालयन, सानिमा, एनएमबी, माछापुच्छ्रे, नेपाल बैंक र ज्योति विकास बैंकका कार्डमा मान्य हुनेछ। त्यसैगरी ईसेवा, आईएमई पे वालेट प्रयोगकर्ताहरूले आफ्नो अर्डरमा १५ प्रतिशत छुट सुविधा पाउने कम्पनीले जनाएको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal