Skip to content
Prabhu

बाढीपहिरोको प्रभावितलाई सिटिजन लाइफले दाबी भुक्तानी छिटो दिन शाखाहरुमा खोल्यो विशेष कक्ष

nabil

काठमाडौं । बाढी पहिरोले देशभरको जनजीवन प्रभावित भइरहेको समयमा सिटिजन लाइफ इन्स्योरेन्सले दाबी भुक्तानी छिटो दिन शाखाहरुमा विशेष कक्ष सञ्चालनमा ल्याएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गरी बाढीपहिरोको यस कठिन समयमा जीवन बीमा दाबी भुक्तानीलगायतका सेवा यथाशीघ्र दिन देशभरि रहेका विभिन्न शाखाअन्तर्गत विशेष कक्ष सञ्चालनमा ल्याइएको जानकारी दिएको हो ।

तिनै विशेष कक्षमार्फत दाबीभुक्तालगायतका सेवा दिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । विपत्तिको यस घडीमा आआफ्नो क्षेत्रबाट हरसम्भव आवश्यक सेवा र सहयोग गर्न पनि कम्पनीले आफ्ना सम्पूर्ण कर्मचारी, अभिकर्ता, बीमित, बीमाकर्मी एवं शुभचिन्तकलाई आग्रह गरेको छ ।

विगत केही दिनदेखि देशका विभिन्न स्थानमा बाढी तथा पहिरोले गर्दा जनधनको क्षतिका साथै धेरै संख्यामा मानिसको मृत्यु र प्रभावित क्षेत्रमा घाइते तथा बेपत्ता भएको खबरबाट सिंगो मुलुकसँगै बीमा क्षेत्रसमेत अत्यन्त मर्माहित भएको कम्पनीले उल्लेख गरेको छ । प्राकृतिक विपत्तिको यस घडीमा सिटिजन लाइफले बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरुको खोजी एवं घाइतेहरुको पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ । घाइते तथा बेपत्ताको शीघ्र एवं प्रभावकारी उद्धारका लागि आवश्यक समन्वय एवं सहयोगका लागि कार्य गरिरहेको पनि कम्पनीले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal