Skip to content
Prabhu

बाढीपहिरोको कारण पर्न सक्ने दाबीका विषयमा बीमा कम्पनी र प्राधिकरण बीच छलफल

nabil

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अरिवल बर्षासँगै आएको बाढीपहिरोको जोखिमबाट भएको क्षतिको कारण बिमा कम्पनीहरूमा पर्ने दाबीको मूल्यांकन गर्न निर्देशन दिएको छ । आज प्राधिकरणमा बीमा कम्पनीसँगको छलफल भएको र दाबीको मूल्यांकन गर्नका लागि आग्रह गरिएको हो ।
कम्पनीहरुलाई तथ्यांक छिटो संकलन गरेर उपलब्ध गर्नका लागि कसरी काम गर्ने भन्ने विषयमा छलफल भएको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिए । ‘प्रारम्भिक छफल भएको छ । यो विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा थप छलफल गरेर अघि बढ्नु पर्छ,’ उलने भने । विवरण संकलनका लागि केही समय लाग्ने भन्दै बीमा कम्पनीले प्राधिकरणसँग समय माग गरेको उनको भनाइ छ ।

बाढी तथा पहिरोको कारण मुलुकभर २६ वटा जलविद्युत आयोजनामा क्षति पुगेको उर्जा मन्त्रालयले उल्लेख गरेको छ । जलविद्युत कम्पनीहरूको अनिवार्य बीमा गरिएको हुन्छ । बीमा कम्पनीले केही दायित्व पुनर बीमा कम्पनीमा पनि सारेका हुन्छन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal