Skip to content

ज्योति विकास बैंकका ग्राहकलाई काठमाडौंका चार रेष्टुरेन्टमा छुट

काठमाडौं । ज्योति विकास बैंकका ग्राहकलाई काठमाडौंस्थित चारवटा विभिन्न प्रख्यात रेस्टुरेन्टहरुले विशेष छुट दिने भएका छन् । बैंक र रेष्टुरेन्टहरुबीच भएको छुट्टाछुट्टै सम्झौता अनुसार बैंकका ग्राहकले ती रेष्टुरेन्टहरुले दिने खाना लगायतका सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउने छन् ।

बैंकले कमलपोखरीस्थित अचार घर, दरबारमार्गको महोत्सव रेष्टुरेन्ट एन्ड बार, हात्तीसारको नेपाल हाउस रेष्टुरेन्ट एन्ड बार र कमलादीको क्याफे लायन हर्ट तन्दुरी किचेनसँग छुट सम्बन्धी सम्झौता गरेको हो । सम्झौतापत्रमा हस्ताक्षर भएसँगै बैंकका ग्राहकहरूले एक वर्षको अवधिसम्म यी रेष्टुरेन्टहरुमा स्वादिष्ट परिकारहरूको साथ छुटको लाभ पाउनेछन् । ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आएको छ ।

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सधैँ उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १ सय २१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T