काठमाडौं । बुधबारको सेयर कारोबार जारी रहँदा नेपाल वेयरहाउजिङ्ग कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार खुलेको आधा घण्टामा नै यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यो समाचार तयारपार्दासम्म यो कम्पनीको सेयर मूल्य ९७ रुपैयाँ ९० पैसाले बढेर १ हजार ७६ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । यो अवस्थामा समग्र नेप्से परिसूचक पनि बढेको छ । अहिलेको अवस्थामा नेप्से १६ दशमलव २० अंकले बढेर २६३९ दशमलव ७७ विन्दुमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्