काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिना भदौसम्म लघु जीवन बीमकले करिब ७ करोड रुपैयाँ बढीको व्यापार गरेका छन् । नेपाल बीमा प्राकिरणले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौसम्म ३ वटा लघु जीवन बीमा कम्पनीले ३ लाख ७१ हजार ९६७ वटा बीमालेख जारी गरेर ६ करोड ९६ लाख ४२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
भदौसम्म सबैभन्दा बढी व्यापार गर्नेमा गार्डिन माइक्रो लाइफ रहेको छ । यो कम्पनीले २ लाख ७३ हजार ४५६ वटा बीमालेख जारी गरेर ३ करोड ३३ लाख ४३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यसैगरी भदौसम्म क्रेष्ट माइक्रो लाइफले ७१ हजार ५११ वटा बीमालेख जारी गरेर २ करोड ६३ लाख ९८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
लिबर्टी माइक्रो लाइफले भने भदौसम्म २७ हजार वटा बीमालेख जारी गरेर ९९ लाख १ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्