Skip to content
Prabhu

हिमालयन बैंकको खराब कर्जा करिब ५ प्रतिशत

काठमाडौं । हिमालयन बैंकको खराब कर्जा अनुपात पाँच प्रतिशत नजिक पुगेको छ । 

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनामा खराब कर्जा अुनपात ४.९५ प्रतिशत छ ।

 ०.०५ प्रतिशतले मात्र बैंकको खराब कर्जा अनुपात पाँच प्रतिशत नपुगेको हो । पाँच प्रतिशत पुगेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विभिन्न नियामकिय प्रावधानहरु थप्ने गर्छ । गतवर्ष बैंकको खराब कर्जा ३.७७ प्रतिशत रहेको थियो । 

बैंकले प्रकाशित गरेको विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनामा एक अर्ब ५० करोड नाफा गरेको छ । गतवर्ष ९५ करोड बैंकले नाफा गरेको थियो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal