काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा पाँच प्रतिशतभन्दा केही कम रहेको देखिएको छ ।
बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार खराब कर्जा अनुपात ४.७५ प्रतिशत रहेको छ । पाँच प्रतिशतभन्दा बढी खराब कर्जा भएमा त्यसलाई राष्ट्र बैंकले विभिन्न नियामकिय प्रावधानहरु लगाउने गर्छ ।
गतवर्ष ६ महिनामा बैंकको खराब कर्जा अनुपात ३.७१ प्रतिशत रहेको थियो ।
बैंकले चालु आर्थिक वर्षको ६ महिनामा एक अर्ब ८० करोड रुपैयाँ गरेको छ । गतवर्ष बैंकको नाफा दुई अर्ब ८ करोड रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्