Skip to content
Prabhu

नेपाल बैंकको नाफा आधाले घट्यो

काठमाडौँ । नेपाल बैंक लिमिटेडको नाफा आधाले घटेको छ । बैंकले आज प्रकाशित गरेको ६ महिनाको अपरिष्कृत वित्तीय विवरणमा बैंकको खुद नाफा गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा ४९.५९ प्रतिशतले घटेको हो ।

बैंकले गत आर्थिक वर्षको ६ महिनामा कुल एक अर्ब १७ करोड ६ लाख ५५ हजार ४२५ रुपैयाँ खुद आम्दानी गरेको थियो भने चालु आवको सोही अवधिमा ५९ करोड ५१ हजार ७९९ रुपैयाँमा सीमित भएको हो । 

यस अवधिमा बैंकको खराब कर्जा पनि ३.११ प्रतिशतबाट बढेर ४.५० प्रतिशत पुगेको छ । साथै वितरणयोग्य नाफा पनि ऋणात्मक बनेको छ । गत आवको समीक्षा अवधिमा २९ करोड ७२ लाख १४ हजार २४६ रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा ५६ करोड ९० लाख ७७ हजार ५५ ऋणात्मक अवस्थामा छ । साथै प्रतिशेयर वितरणयोग्य मुनाफा पनि ७.७५ प्रतिशत ऋणात्मक छ ।  

कूल १४ अर्ब ६९ करोड ४० लाख २२ हजार ९२८ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा २२ अर्ब ९८ करोड ३२ लाख ६४ ९११ रहेको छ । बैंकले समीक्षा अवधिमा २ खर्ब ५८ अर्ब १८ करोड २९ लाख ४३ हजार १५० रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब ८१ अर्ब ५५ करोड ९५ लाख ७८ हजार ५७ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal