काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाहरूले सहयोग रकम प्रदान गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ती कम्पनी तथा वित्तीय संस्थाहरूले सहयोग रकम हस्तान्तरण गरेका हुन् । छिमेकी भारतको सबैभन्दा ठूलो जलविद्युत् कम्पनी राष्ट्रिय हाइड्रोपावर कर्पोरेसन (एनएचपिसी) लिमिटेडका वित्त निर्देशक आरपी गोयलबाट र एक करोड, अरुण तेस्रो जलविद्युत् आयोजना लिमिटेडका प्रमुुख कार्यकारी निर्देशक प्रशान्त शर्माबाट र एक करोड, प्रभुु बैङ्कका अध्यक्ष देवीप्रसाद भट्टचनबाट रु. एक करोड र प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठबाट रु. ३१ लाखको चेक हस्तान्तरण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसैगरी, प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लबाट रु. २५ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अध्यक्ष शिक्षा भट्टचनबाट रु. २५ लाख र प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माबाट रु. २५ लाखको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ ।
सहयोग रकम बुझ्दै प्रधानमन्त्री ओलीले हालैको बाढीपहिरो र डुबानबाट प्रभावितलाई राहतका लागि कोषमा सहयोग गरेकामा सम्बद्ध सबैलाई धन्यवाद दिए ।
प्रतिक्रिया दिनुहोस्