Skip to content

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु समूहको १ करोड ७५ लाख सहयोग

काठमाडौं । प्रभु समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा १ करोड ७५ लाख रुपैयाँ सहयोग गरेको छ । समूहका अध्यक्ष देवी प्रकाश भट्टचनले १ करोड ७५ लाख रुपैयाँको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् ।

यही असोज दोस्रो हप्तामा देशका विभिन्न भू-भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपदले राष्ट्रलाई ठूलो जनधनको क्षति पुर्‍याएको परीप्रेक्षमा राष्ट्रिय विपदको यस दुःखद घडीमा पीडित एवम् प्रभावित परीवारका लागि सहायता स्वरुप एवम् नेपाल सरकारलाई पिडीतहरुको खोजतलास, उद्धार र राहतकार्यमा सहयोग पुगोस् भन्ने उद्धेश्यले प्रभु समुह अन्र्तगतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्योसुरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योसुरेन्स लिमिटेडका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकमको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको छ ।

प्रभु समुह अन्र्तगतका उल्लेखित संस्थाहरुबाट प्रदान गरिएको उक्त सहयोगले बाढीपहिरो तथा डुबानबाट पिडितहरुको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा समुहले गरेको छ । साथै बाढी तथा पहिरोबाट घाइते नागरीकहरुको सिध्र स्वास्थलाभको कामना र मृतकजन प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना पनि समूहले गरेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T