Skip to content
Prabhu

सिटिजन्स क्यापिटलका ३ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

nabil

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित ३ वटा म्युचुअल फन्डहरू सिटिजन्स म्युचुअल फन्ड १, सिटिजन्स म्युचुअल फन्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज असोज २२ गते अन्तिम दिन हो ।

लाभांश वितरण प्रयोजनार्थ यी तीन वटै म्युचुअल फण्डहरूले भोलि असोज २३ गते बुक क्लोज गर्दैछन् । जसअनुसार आजसम्म कायम इकाइधनीहरूले मात्रै सम्बन्धित फण्डले वितरण गर्ने लाभांश पाउन योग्य हुनेछन् ।

सिटिजन्स म्युचुअल फन्ड १ ले कर सहित ९ प्रतिशत, सिटिजन्स म्युचुअल फन्ड २ ले कर सहित ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० ले करसहित १० प्रतिशत लाभाशं वितरण गर्ने घोषणा गरेका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal