Skip to content

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा बाल अस्पताललाई २५ लाख सहयोग

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले बाल अस्पताललाई २५ लाख रुपैयाँ सहयोग गरेको छ । नेपालमा बालबालिकाको लागि विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ प्रा.डा. भगवान कोईरालाको कृयाशिलतामा स्थापित ‘काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ’ द्वारा बुढानिलकण्ठ –७ मा निर्माणाधीन बाल अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले २५ लाख रुपैयाँ सहयोग गरेको हो ।

कम्पनीको प्रधान कार्यालयमा सम्पन्न एक समारोहमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष सुरेशलाल श्रेष्ठले अस्पतालका अध्यक्ष प्रा.डा. भगवान कोईरालालाई चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले अस्पताल निमार्णमा सहभागी हुन पाएकोमा खुशि व्यक्त गर्दै भविष्यमा पनि यस प्रकारको सहयोगलाई निरन्तरता दिने बताए । समारोहमा इन्स्योरेन्सका सञ्चालक समितिका अन्य सदस्यहरुको पनि उपस्थिति थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima