Skip to content
Prabhu

स्पेसएक्स रकेटको ताजा परीक्षणबारे किन भइरहेको छ विश्वर चर्चा ?

nabil
एजेन्सी । एलन मस्कको स्टारसिप रकेटको ताजा परीक्षणले विश्वभर चर्चा बटुलिरहेको छ । परीक्षणमा स्टारशिप रकेटलाई लञ्च प्याडमा सुरक्षित रूपमा पुनः उतारिएको थियो । जसले एलन मस्कको स्पेसएक्स कम्पनीलाई यस्तो काम गर्ने विश्वको पहिलो कम्पनी बनाएको छ ।
पाँचौं परीक्षण उडानमा स्पेसएक्सको अन्तरिक्ष यानको गतिलाई आधा  बाटोमा सुस्त बनाइयो । र, बूस्टरलाई त्यहि लञ्च टावरमा उतार्न सफल भयो । यस परीक्षणपछि, छिटो र पुनः प्रयोग गर्न सकिने रकेटहरू बनाउन स्पेसएक्स आफ्नो महत्वाकांक्षी परियोजनाको एक महत्त्वपूर्ण चरणमा पुगेको जनाएको छ ।
बूस्टरको सुरक्षित रूपमा पुनः आगमनलाई स्पेसएक्सका इन्जिनियरहरूले ऐतिहासिक दिन घोषित गरेका छन् । रकेटको तल्लो भाग, जसलाई सुपर हेभी बूस्टर भनेर चिनिन्छ, यति सफाइका साथ लन्च प्याडमा उतारियो कि यो अत्यन्तै कठिन प्रक्रिया थियो ।
लञ्च हुनुअघि स्पेसएक्सको टोलीले यस मिशनको असफलताप्रति शंका व्यक्त गरेको थियो र भनिएको थियो कि यदि बूस्टर लञ्च प्याडको सट्टा मेक्सिकोको खाडीमा खस्ने हो भने आश्चर्य नहोला ।
पछिल्ला दुई परीक्षणहरूमा प्राप्त सफलतापछि, अब स्पेसएक्सले केही असाधारण उपलब्धिहरूमा ध्यान केन्द्रित गर्न सक्छ । यो उपलब्धि पहिलेको असफल परीक्षणको १८ महिनाभित्रै हासिल भएको हो, जब प्रक्षेपणको केही समयपछि नै रकेट विस्फोट भएको थियो ।
स्पेसएक्सको भनाइ अनुसार यी असफलताहरू विकास योजनाको हिस्सा थिए । अर्थात् प्रारम्भिक लञ्चको समयमा असफलताको अपेक्षा गरिएको थियो ताकि सकेसम्म धेरै डेटा संकलन गर्न सकियोस् र आफ्ना प्रतिस्पर्धीहरू भन्दा चाँडै आफ्नो प्रणालीलाई सुधार गर्न सकियोस् ।
पाँचौं परीक्षणका प्रारम्भिक चरणहरू पनि अघिल्ला परीक्षणहरू जस्तै थिए, अर्थात् जमिनबाट उडेको २.७५ मिनेटपछि यानबाट बूस्टर अलग भयो । त्यसपछि बूस्टर टेक्सासको बोका चिकास्थित लन्च प्याडतर्फ फर्कन थाल्यो ।
ल्यान्डिङका लागि दुई मिनेटको समय थियो र जब टोली अन्तिम निरीक्षण गरिरहेको थियो, तबसम्म यो प्रयास सफल हुनेछ भनेर निश्चित थिएन । जब उडान निर्देशकले संकेत दिए, स्पेसएक्सका कर्मचारीहरूबीच मिशन कन्ट्रोलमा खुशीको लहर दौडियो ।
कम्पनीले यस प्रयासका लागि हजारौं सूक्ष्म प्रक्रियाहरूको पालना गर्नुपर्ने भनेको थियो । जस्तै सुपर हेभी बूस्टर पृथ्वीको वायुमण्डलमा फर्किने बित्तिकै यसको र्याप्टर इन्जिनहरूले यसको गति सुस्त बनाउन थाले । त्यो बेला यसको गति केही हजार माइल प्रति घण्टा थियो । जब बूस्टर १४६ मिटर अग्लो ल्यान्डिङ टावर नजिक पुग्यो, त्यो लगभग हावामा स्थिर भयो र बूस्टरको तल्लो भागमा ज्वाला उठिरहेको थियो । त्यसपछि बूस्टर मिकैनिकल आर्ममा धेरै आहिस्ता गरी फिट भयो।
यो रकेटको अन्तरिक्ष यान भाग पहिले नै अलग भइसकेको थियो र यसमा स्वतन्त्र इन्जिन सुरु भइसकेको थियो । यही मोड्युल भविष्यका मिसनमा अन्तरिक्ष यात्रीहरूलाई लिएर जानेछ । यो अन्तरिक्ष यान ४० मिनेट पछि हिन्द महासागरमा खस्यो ।
स्पेसएक्सका सीईओ एलन मस्कले एक्समा लेखेका छन्, “अन्तरिक्ष यानलाई सही ठाउँमा अवतरण गरियो। दुई लक्ष्यमध्ये दोस्रो पूरा भयो ।”
केवल अन्तरिक्ष यान नै सही तरिकाले अवतरण भएको होइन, स्पेसएक्सले यानको हार्डवेयरका केही भागहरू सुरक्षित बचाउन पनि सफल भएको थियो, जसको अपेक्षा गरिएको थिएन ।
लन्च प्याडमै बूस्टरलाई पुनः सही रुपमा अवतरण गरिनुले यस्ता मिशनमा जटिलता कम हुनेछ र छिटो र सँगै अन्तरिक्ष यानहरूलाई मिसनमा पठाउन मद्दत पुग्ने जनाइएको छ ।
एलन मस्क र स्पेसएक्सको एउटा ठूलो परियोजना छ जसमा यसको रकेट प्रणालीले एक दिन मानिसहरूलाई चन्द्रमामा लैजानेछ र मानव जातिलाई ‘बहुग्रहीय’ बनाउनेछ । यस सफलताले अमेरिकी अन्तरिक्ष एजेन्सी नासालाई पनि खुसी बनाएको छ ।
सन् २०२६ सम्ममा चन्द्रमाको सतहमा अन्तरिक्ष यात्रीहरूलाई लैजाने स्पेसशिप ल्याण्डरको विकासको लागि नासाले स्पेसएक्ससँग २.८ अर्ब डलरको सम्झौता गरेको छ । अन्तरिक्षको सन्दर्भमा यो दिन धेरै टाढा छैन, त्यसैले एलन मस्कको टोली रकेटलाई पुनःप्रक्षेपण गर्न निकै हतारमा छ ।
तर अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले नोभेम्बर अघि तबसम्म कुनै प्रक्षेपण हुनेछैन तबसम्म कम्पनीको अनुमति समीक्षा पूरा नहुने बताइसकेको छ ।
गत महिना एफएए र एलन मस्कबीचको विवाद सार्वजनिक भयो, जब एफएएले भन्यो कि अनुमति पूरा नगर्ने र अघिल्लो उडानहरूको लागि परमिट नलिइएको कारण स्पेसएक्सलाई ६.३३ लाख डलरको जरिवाना गरिनेछ ।  अनुमति जारी गर्नुअघि एफएएले उडानको समीक्षा गर्छ, विशेष गरी वातावरणमा यसको असरबारे उसले अध्ययन गर्छ ।
यस जरिवानाको जवाफमा मस्कले एजेन्सीलाई मुद्दा हाल्ने धम्की दिएका थिए र स्पेसएक्सले सार्वजनिक पोस्ट गरेर ‘गलत रिपोर्टिङ’ को आरोप लगाउँदै आलोचना गरेका थिए । किनकि भनिएको थियो कि रकेटका भागहरूले वातावरणमा प्रदूषण फैलाउँछन् ।
अहिले एफएएले उत्सर्जनको व्यापक प्रभावको सट्टा रकेट प्रक्षेपणको वातावरणमा पर्ने तत्काल प्रभावको मात्र मूल्याङ्कन गर्छ ।
यूनिभर्सिटी कलेज लन्डनमा एटमोस्फेरिक केमिस्ट्री र एयर क्वालिटीका प्रोफेसर डा एलोइस मरैसले अन्य यातायातका माध्यमहरूको तुलनामा रकेटबाट हुने कार्बन उत्सर्जन कम छ, तर ग्रहको तापक्रम बढाउने अन्य प्रदूषकहरूबारे ध्यान दिइएको नभएको बताइने ।
उनी भन्छिन्, “कालो कार्बन सबैभन्दा ठूलो चिन्ताको विषय हो। स्टारशिप रकेटमा तरल मीथेन प्रयोग भइरहेको छ । यो तुलनात्मक रूपमा नयाँ इन्धन हो र यसबाट हुने उत्सर्जनबारे हामीसँग धेरै कम डेटा छ ।”
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal