Skip to content

अनलाइन बैकिङमा होसियारी अपनाउन राष्ट्र बैंकको आग्रह

nabil
global ime

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा सुरक्षा तथा सजगता अपनाउन आग्रह गरेको छ । वित्तीय चेतनाका निम्ति सन्देश जारी गर्दै राष्ट्र बैंकले अपरिचित स्रोतबाट आएका कुनै पनि सन्देशलाई बेवास्ता गर्न अनुरोध गरेको छ ।

पछिल्लो समयमा अनलाइन बैंकिङको विकाससँगै ठगीका नयाँनयाँ स्वरुपहरुसमेत बढिरहेको सन्दर्भमा वित्तीय कारोबार गर्दा सावधानी अपनाउन अत्यावश्यक रहेको राष्ट्र बैंकको भनाइ छ । अपरिचित व्यक्ति वा नम्बरबाट ह्वाट्सएप, भाइबर, मेसेन्जर जस्ता मोबाइल एप वा इमेल, फोन तथा मोबाइलको म्यासेजमा विभिन्न किसिमका चिठ्ठा परेको, धन सम्पत्ति वा सुन, महँगो मोबाइलजस्ता पुरस्कार जितेको सन्देसहरु वित्तीय ठगीका लागि पठाइएका सन्देशहरु हुनसक्ने छन् ।

त्यस्तै विदेशबाट पार्सल आएको, पैसा पठाए दोब्बर फिर्ता पाइने, विदेशबाट एपमा पैसा आइसकेको छोटो समयमै धेरै फाइदा हुने योजनाहरु जस्तै क्रिप्टोकरेन्सी,फोरेक्स आदिमा लगानी गर्ने वा अनलाइन बेटिङजस्ता योजनाहरु उपलब्ध रहेको जस्ता सन्देशहरु तथा भिडियोहरु प्राप्त भएमा सजग रहन राष्ट्र बैंकले अनुरोध गरेको छ ।

‘यस्ता सन्देशहरुमार्फत वित्तीय ठगी तथा अपराधमा संलग्न व्यक्तिले तपाईंलाई आकर्षक प्रस्तावहरु दिँदै तपाईंको व्यक्तिगत र वित्तीय विवरण चोरी गर्ने र त्यस्ता विवरणको प्रयोगबाट तपाईंलाई आर्थिक हानि र नोक्सानी पुग्न सक्छ । अतः अपरिचित स्रोतबाट आएका यस्ता कुनै पनि सन्देशलाई बेवास्ता गर्नु नै वुद्धिमानी हुन्छ ।’ राष्ट्र बैंकद्धारा जारी सन्देशमा भनिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T