काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) को अध्यक्षमा उपेन्द्र पौडेल चयन भएका छन् ।
सिबिफिनका संस्थापक अध्यक्ष पवन गोल्यानले पदबाट राजीनामा दिएपछि कार्यसमितिको बैठकले पौडेललाई अध्यक्ष चुनेको हो ।
पौडेल नेपाल व्यवस्थापन संघका समेत अध्यक्ष हुन् । पौडेल नबिल बैंकका अध्यक्ष हुन् । पौडेल नेपाल बैकर्स एशोसियनको पूर्व अध्यक्ष हुन् ।
सिबिफिनको अध्यक्ष पद त्याग गरेका गोल्यानले एनएमबि बैंकको अध्यक्ष पद समेत छाड्ने भएका छन् । बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताको हितको लागि सिबिफनको गठन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्