Skip to content

नेप्से प्रिओपन सेसनमै ५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रिओपन सेसनमा नेप्से परिसूचक ५ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन मंगलबार ३१.४८ अंक बढेर २६९९.६६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.१२ अंक बढेर २७०४.७९ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.०५ अंक बढेको छ।

बुधबार प्रिओपन सेसनमा ४१ स्टकको ६६ पटकको कारोबारमा २३ लाख ४१ हजार ८९४ रुपैयाँ ४० पैसाबराबरको ४ हजार ३९१ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २७ स्टकको मूल्य बढेको छ भने ११ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life