Skip to content
Prabhu

निक्षेपको ब्याजदर कात्तिकको लागि पनि घट्यो, बढी ब्याजदर दिनेमा माछापुच्छ्रे बैंक अगाडि

nabil

काठमाडौं । कात्तिक महिनामा वाणिज्य बैंकहरुले निक्षेपमा दिने ब्याजदर अझै घटाएका छन् ।

बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार कात्तिक महिनामा वाणिज्य बैंकको एकवर्ष मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ६.१८ प्रतिशत रहेको छ । असोज महिनामा ६.३८ प्रतिशत औसत ब्याजदर थियो ।

कात्तिक महिनामा १० बैंकको ब्याजदर घटेको छ भने ९ बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सानिमा बैंकले असोजको तुलनामा ब्याजदर बढाएको छ ।

गतवर्षदेखि लगातार वाणिज्य बैंकले निक्षेपमा दिने ब्याजदर लगातार घट्दो क्रममा छ । निक्षेपसँगै कर्जाको ब्याजदर घटेपनि विगतमा ब्याजदर सस्तो हुँदा जस्तो गरेर ऋण भने बढेको छैन ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal