Skip to content
Prabhu

आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशतको हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ । विश्व बैंकले आगामी वर्ष नेपालको आर्थिक वृद्धि ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले जारी गरेको विश्वव्यापी आर्थिक सम्भावना प्रतिवेदनमा उक्त प्रक्षेपण गरिएको हो । 

प्रक्षेपणअनुसार आगामी वर्ष भारतको आर्थिक वृद्धिदर ६.४, बंगलादेशको आर्थिक वृद्धिदर ५.८ प्रतिशत, भुटानको ४.६ प्रतिशत र पाकिस्तानको २.४ प्रतिशत हुनेछ । विश्व बैंकले चालु आर्थिक वर्षमा ३.९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । गत वर्ष नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत मात्रै भएको थियो । 

विश्व बैंकका अनुसार विश्वको आर्थिक वृद्धिदर सन् २०२३ मा २.६ प्रतिशत रहेकोमो सन् २०२४ मा २.४ प्रतिशतमा सीमित हुनेछ । विकासोन्मुख अर्थतन्त्र भएका मुलुकको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । विश्व बैंकका अनुसार सन् २०२४ को अन्त्यसम्ममा विकासोन्मुख देशका ४० प्रतिशत जनसंख्या गरिबीको रेखामुनी अनुमान छ । कम आय भएका मुलुक कोरोना महामारी अघिको तुलनामा अझ गरिबीको रेखामुनी जाने छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal