Skip to content

समस्याग्रस्त १८ सहकारी सञ्चालकलाई काटियो अन्तिम पत्र, १५ दिनभित्र ऋण नतिरे सम्पत्ति लिलामी

काठमाडौं । आज बिहीबार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त १८ सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, ऋण सदस्य र कर्मचारीलाई १५ दिनभित्र ऋणीको दायित्व फरफारक गर्न अन्तिम निर्देशन दिएको छ।

सो सहकारी कार्यालयले १५ दिनभित्र सबै दायित्व फरफारक नगरे दायित्व बाँकी रहेका व्यक्ति, निजको एकाघर परिवारको सम्पत्ति तथा बैंक खाता रोक्का गर्ने, कालोसूचीमा राख्ने र रोक्कामा राखिएका सम्पत्ति लिलाम बिक्री गरी ऋण असुल गरिने स्पष्ट पारेको छ।

यसअघि पटक–पटक सूचना र एसएमएस गरेर दायित्व फरफारका लागि ताकेता गरे पनि ऋण भुक्तानी नभएकाले पुनः अन्तिम पटकका लागि पत्र काटिएको कार्यालयले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T