Skip to content

ग्लोबल आईएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोष्टिक नेपालमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आईएमई बैंकका ग्राहकहरूलाई एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध प्याथोलोजी टेष्ट शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीमा ग्लोबल आईएमई बैंकका प्रमुख बजार व्यवस्थापक दिलीप पोखरेल र एजिलस डायग्नोष्टिक नेपालका फाइनान्स प्रमुख दीपक खड्काले हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार बैंकका ग्राहकहरूले एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध ल्याबसम्बन्धी सेवावापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे।

यो मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक पनि हो। बैंकले देशभरी ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटीएम, २ सय ५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T