Skip to content

एभरेष्ट बैंकले मनायो ३० औं वार्षिकोत्सव, चाइल्ड हेल्थ अस्पताललाई १ करोड रुपैयाँ सहयोग

काठमाडौं । एभरेष्ट बैंकले बिहीबार ३० औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। सो अवसरमा बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा रक्तदान कार्यक्रम, बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा कदर पत्र वितरणसमेत गरेको छ।

बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत बिभिन्न कार्यक्रम घोषणासमेत गरेको छ। ३० औं वार्षिकोत्सवको अवसरमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई भवन निर्माण कार्यका लागि बैंकको तर्फबाट १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ। सो कार्यक्रममा, एभरेष्ट बैंकका सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्य र प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङले संयुक्त रुपमा अस्पतालका अध्यक्ष प्रा.डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरे।

यसबाट अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाहरुले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत नै बैंकले नेपाल रेडक्रस सोसाइटी, बागबजार काठमाडौंको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा बैंकका कुल ४८ जना कर्मचारीले रक्तदान गरेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima