Skip to content
Prabhu

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले उर्जा ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल नियुक्त

nabil

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ऊर्जा ऋणपत्र निष्कासन गर्ने भएको छ । साथै बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल नियुक्त गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त पूर्वाधार विकास बैंकका रूपमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम व्यवसाय सञ्चालित नेपाल इन्फ्रास्ट्राक्चर बैंकले ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको ‘निफ्रा ऊर्जा ऋणपत्र ६ प्रतिशत (२०८८/८९)’ नामको कुल ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि एनआइएमबी एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

नेपाल धितोपत्र बोर्डको स्विकृतिपश्चात् कुल निष्कासन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाहरुका लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal